एमाले नेताहरु दिनभर पूर्व राष्ट्रपतिको निवासमा
पूर्व राष्ट्रपति तथा एमालेका तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न एकपछि अर्का एमाले नेता बालुवाटार पुगेका छन् । हिजो शनिबार तीन जना नेताले उहाँसँग लामो समय छुट्टाछुट्टै छलफल गरेको बताइन्छ ।
पूर्व राष्ट्रपति भण्डारी भदौ २४ गतेको विध्वंशमा घर जलाइएपछि जेठी छोरी उषाकिरण भण्डारीको निवासमा बस्दै आउनुभएको छ । हिजो बिहान सवा ११ बजेको समय एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले भेट गरेपछि ३ बजे एमाले केन्द्रीय सदस्य माधवप्रसाद अर्याल पुगेको स्रोतको दाबी छ ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल साँझ ६ बजेपछि पूर्व राष्ट्रपतिसँग छलफल गर्न त्यहाँ पुगेका हुन् । पोखरेलले अस्ति शुक्रबार साँझ ६ बजेपछि झण्डै एक घण्टा कुराकानी गरेका थिए । अस्ति बिहान ११ बजे बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेल र एमाले केन्द्रीय सदस्य रचना खड्का भण्डारीसँग भेट गर्न त्यहाँ पुगेका थिए ।
टिप्पणीहरू