किशोरीले खोलिन् नयाँ पार्टी
आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै धमाधम नयाँ दल स्थापना भइरहेको बेला जेन जी अभियन्ता किशोरी कार्कीले पनि निर्वाचन आयोगमा निवेदन दिएकी छन् ।
उनले आफ्नै नेतृत्व रहनेगरी नवनिर्माण पार्टी नामक दल दर्ताको लागि निवेदन दिएकी हुन् । आयोगले दल दर्ताको प्रमाण पत्र भने दिइसकेको छैन । कानुनकी विद्यार्थी समेत रहेका कार्कीले भदौ २३ गते नयाँ बानेश्वरमा गोली लागेका युवाहरुलाई एम्बुलेन्स आउनु अगावै स्कुटरमा राखेर विभिन्न अस्पताल पुर्याएकी थिइन् ।
विभिन्न सभा सभारोहको सञ्चालनमा रुची राख्ने उनले १८ वर्ष उमेर पुगेका युवा प्रतिनिधिसभा निर्वाचनको उम्मेद्वार बन्न पाउनुपर्ने माग राख्दै आएकी छन् ।
टिप्पणीहरू