हेलिकोप्टरमा उद्धार गरेर ल्याइएका प्रहरी भेट्न पुगे महानिरीक्षक

हेलिकोप्टरमा उद्धार गरेर ल्याइएका प्रहरी भेट्न पुगे महानिरीक्षक

अत्यधिक हिमपात र चिसोका कारण बिरामी भएपछि उद्धार गरिएका प्रहरी कर्मचारीहरूको स्वास्थ्य अवस्था बुझ्न नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की अस्पताल पुगेका छन् ।

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१, मिजार गुम्बा स्थित इलाका प्रहरी कार्यालय नाम्दोमा कार्यरत प्रहरीहरू कात्तिक २३ गते जिल्ला प्रहरी कार्यालय डोल्पाको लागि हिँडे पनि अत्यधिक हिमपातपछि उनीहरु बाटैमा अलपत्र परेका थिए । त्यसपछि खुट्टा सुन्निएर हिँड्न समेत कठिन भएको र बिरामी परेपछि गत शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमा डोल्पोबुद्ध गाउँपालिका १, धोबाट उद्धार गरेर थप उपचारका लागि नेपाल प्रहरी अस्पताल, काठमाडौं ल्याइएको हो ।

टिप्पणीहरू