डेढ दर्जन जिल्लामा शान्ति समाजको एकसाथ प्रदर्शन

डेढ दर्जन जिल्लामा शान्ति समाजको एकसाथ प्रदर्शन

मानव अधिकार तथा शान्ति समाज, नेपालले १७ वटा जिल्लामा एकसाथ प्रदर्शन गरेको छ । भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज काठमाडौंसहित रुपन्देही, सुर्खेत, नवलपुर, चितवन, दाङ, गुल्मी, अछाम, कास्की, सल्यान, महोत्तरी, म्याग्दी, झापा, मोरङ, पाल्पा, तेह्रथुम, पर्सामा प्रदर्शन गरिएको हो । 

राजधानीको माइतीघरमा भएको प्रदर्शनमा संस्थापक सभापति कृष्ण पहाडी, सभापति रेनुका पौडेल, निवर्तमान सभापति रामकृष्ण बराल, पूर्वसभापति होमकान्त चौंलागाईँ, सल्लाहकार रामप्रसाद जोशी, सचिव दिवाकर पुडासैनीलगायतका अधिकारकर्मीहरुको उपस्थिति थियो । 

प्रदर्शनकारीले ‘भ्रष्ट पात्र र प्रवृत्तिलाई इतिहासले खारेज गरिसक्यो, शीर्ष भ्रष्ट पात्रलाई दण्डित गर्नु सुशासनको माग हो, भ्रष्ट शीर्ष नेतालाई कारबाही खोइ ?’,‘नयाँ सरकार पनि पुरानै मार्गमा अग्रसर किन ?’,‘सुशासनका लागि आर्थिक दण्डहीनता अन्त्य गर’,लगायतका प्लेकार्ड बोकेका थिए ।
 

टिप्पणीहरू