नेपाली र भारतीय सेनाको संयुक्त तालिम समापन
नेपाली सेना र भारतीय सेनाको सहभागितामा भारतको पिथौरागढमा भएको संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ समापन भएको छ । अभ्यासको १९ औं संस्करण हिजोबाट सकिएको हो ।
अभ्यासमा विपद् व्यवस्थापन, प्रतिविद्रोह, प्रतिआतंकवाद, जंगल युद्धकला र मानवीय सहयोगलगायतका तालिम दिइएको थियो । नेपाली सेनाका उपरथी अनुपजंग थापाको नेतृत्वमा अब्जर्भर डेलिगेशन टिमले प्रशिक्षणको निरीक्षण गरेको थियो ।
वि.सं. २०६७ सालबाट शुरु भएको अभ्यास सूर्यकिरण नेपाल र भारतमा आलोपालो सञ्चालन हुँदै आएको छ । सेनाले क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिका, बेलायत, चीन, पाकिस्तान, भारतलगायतका मित्र राष्ट्रका सेनासँग द्धिपक्षीय तथा बहुपक्षीय अभ्यास एवं प्रतियोगिताहरुमा सहभागिता जनाउँदै आएको छ ।
टिप्पणीहरू