प्रचण्डको घरधनीका छोरा ऋषि धमलाकी पत्नी सङ्गै
पहिले माओवादी केन्द्र र अहिले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको घरधनी शारदा अधिकारीका छोरा ऋषि धमलाको पार्टीमा सामेल भएका छन् । निकेष अधिकारी हिजोदेखि जोडिएको नयाँ दलको नाम जनादेश पार्टी हो।
वकिल रमण कर्ण संयोजक रहेको सो पार्टीमा सहसंयोजक पूर्व महासेनानी माधवसुन्दर खड्का र एलिजा गौतमलाई प्रस्ताव गरिएको छ । गौतम धमला- पत्नी हुन् । ऋषिले उक्त पार्टी रचना गरेको खड्काले बताए । आज निर्वाचन आयोगबाट प्रमाणपत्र बुझ्ने तयारी छ ।
बालुवाटार र खुमलटारमा प्रचण्ड बस्दै आएको घरका धनी शारदा हुन् । खुमल्टारको घर जेनजी आन्दोलनका क्रममा जलेको छ । श्रोतका अनुसार बिपी काँग्रेसका अध्यक्ष सुशीलमान शेरचन पनि उक्त पार्टीमा भोलि प्रवेश गर्ने सम्भावना छ ।
जनादेश पार्टीमा भदौ २३ गतेका सहिदहरुमध्ये पाँच जनाको परिवार आवद्ध रहेको दावी गरिएको छ । कलेज ड्रेसमा बितेका १८ वर्षे श्रीएन चौंलागाईंका पिता गणेश चौंलागाईंलाई वरिष्ठ कोषाध्यक्षमा प्रस्ताव गरिएको छ । घाइतेहरु एक सय जना पनि उक्त पार्टीमा प्रवेश गरेको दावी छ । केन्द्रीय समिति ७५ जनाको हुने छ ।
सहिद परिवार र घाइतेको माग पूरा गर्नुपर्ने प्रमुख मागसहित अगाडि बढ्ने जनादेशको तयारी छ । २०३६ सालपछि सरकारी ओहोदामा रहेका सबैको सम्पत्ति छानबिन हुनुपर्ने उसैको अर्को अडान छ । सहकारी,लघुवित्तलगायत विषयमा पनि आफूहरुले आवाज उठाउँदै आएको माधवसुन्दरले जानकारी दिए ।
उनका अनुसार भदौ २३ गतेको प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिने पुरुषोत्तम यादव र कमल गौतम पनि सोही पार्टीमा प्रवेश गर्ने तयारीमा छन् ।
टिप्पणीहरू