हटाइयाे उताका सभामुखकाे स्वकीय सचिवालय

हटाइयाे उताका सभामुखकाे स्वकीय सचिवालय

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले आफ्नो स्वकीय सचिवालय विघटन गरेका छन् । सांसद, मन्त्रीहरुको स्वकीय सचिवालय हटाउने संघीय सरकारको निर्णयबमोजिम उनले आफ्नो सचिवालय विघटन गरेका हुन् । 

सभामुख घर्तीमगरले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘प्रदेश सभाका पदाधिकारी र सदस्यको पारिश्रमिक सुविधासम्बन्धी ऐन, २०७५ को दफा ८ को उपदफा (१) बमोजिम सभामुखलाई प्राप्त निजी सचिवालय र स्वकीय कर्मचारी सुविधा देशको विशिष्ट परिस्थितिलाई मध्यनजर गर्दै नयाँ परिस्थितिको अर्को निर्णय नहुँदासम्मको लागि हाल बहाल रहेको मेरो स्वकीय सचिवालय २०८२ मंसिर १ गतेदेखि लागू हुनेगरी विघटन गरेको जानकारी गराउँदछु ।’

टिप्पणीहरू