मधेशमा आज पनि धर्ना

मधेशमा आज पनि धर्ना फाइल फोटो

मधेश प्रदेश सरकार गठनविरुद्ध सडकमा उत्रिएको सात दलीय विपक्षी गठबन्धनले आज पनि आन्दोलनलाई निरन्तरता दिएको छ । 

असंवैधानिक तवरले सरकार गठन गरिएकाले मुख्यमन्त्रीलाई बर्खास्त गर्नुपर्ने माग गर्दै नेकपा एमाले बाहेकका दलले केही दिनयता गर्दै आएको आन्दोलनले आज निरन्तरता पाएको हो । उनीहरूले आज मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिएका छन्। 

तत्कालीन प्रदेश प्रमुख सुमिता भण्डारीले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेयता मधेशमा किचलो चर्किंदै गएको छ । एमाले निकट उनी पदमुक्त भैसकेकी छन् । 

नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी, जसपा नेपाल, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीका नेता-कार्यकर्ता र प्रदेश सभा सदस्यहरूले  सभामुख रामचन्द्र मण्डलविरुद्ध समेत अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

टिप्पणीहरू