सुनिता चार वर्षको प्रेमपछि लगनगाँठो कस्न तयार

सुनिता चार वर्षको प्रेमपछि लगनगाँठो कस्न तयार

लोक दोहारी गायिका सुनिता दुलालले मंसिर १३ गते बिहे गर्ने पक्का भएको छ । सिन्धुपाल्चोककी ३५ वर्षीया दुलालले ३६ वर्षीय राजेश केसीसँग लगनगाँठो कस्न लागेकी हुन् ।

बिहेको लागि मूलपानीस्थित ग्राण्ड नर्लिङ रिर्सोट बुकिंग गरिएको छ । बिहे र भोज एकैदिन सम्पन्न गर्ने दुलालको योजना छ । 

काँग्रेसका युवा नेता समेत रहेका केसी र दुलाल चार वर्षदेखि प्रेम सम्बन्धमा रहेको बताइन्छ । केसी पेशाले निर्माण व्यवसायी हुन् ।
 

टिप्पणीहरू