दीपक भट्टविरुद्ध यही महिना मुद्दा लाने तयारी

दीपक भट्टविरुद्ध यही महिना मुद्दा लाने तयारी

बिचौलिया तथा विवादास्पद व्यवसायी दीपक भट्टविरुद्ध सिआइबी,आन्तरिक र राजश्वसहित सम्पत्ति शुद्धिकरणले थालेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मंसिर महिनाभित्र मुद्दा दायर गर्ने योजनाका साथ प्रक्रिया अघि बढाइएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले अनुसन्धानका लागि विभिन्न २० वटा फाइल अघि बढेको हिजो जानकारी दिनुभएको थियोे । जसमा महालेखा परीक्षक कार्यालयले पहिले बेरुजु निकालेको फाइलसमेत रहेको स्रोतले बतायो ।

नेपाल प्रहरीको सिआइबी,राजश्व अनुसन्धान,राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ र सम्पत्ति शुद्धिकरणको ज्वाइन्ट टिमले गत महिनादेखि निरन्तर राखेको बैठकमा मूलतः भट्ट र उनका कम्पनीसँग जोडिएका कारोबारमाथि अनुसन्धान अघि बढेको हो । यस्तो अवस्थामा जुन सेक्टरको अपराधको मात्रा बढी हुन्छ, सोही विभाग तथा इकाइले मुद्दा चलाउने अधिकार राख्ने गरेको छ । यसमा करछलीको कुरो बढी भएकाले आन्तरिक राजश्वले पनि छुट्टै मुद्दा दायर गर्ने सम्भावना उत्तिकै छ ।

जुन सेक्टरको अपराध बढी हुन्छ,सोही विभाग तथा इकाइले मुद्दा चलाउने अधिकार राख्ने गर्दछ । यसमा करछलीको कुरो बढी भएकाले आन्तरिक राजश्वले पनि छुट्टै मुद्दा दायर गर्ने सम्भावना उत्तिकै छ ।

सिआइबीको हकमा हुण्डी कारोबार गरेको अवस्थामा मुद्दा चलाउने अधिकार रहन्छ । सम्पत्ति शुद्धिकरणको अनुसन्धान भने परम्परागत रुपमा भइरहेकाले क्षमता अभिवृद्धि गराउन नसकिएको अधिकारीहरुको बुझाइ छ । प्रधानमन्त्री कार्यालय स्रोत भन्छ, ‘प्रहरी र अर्थले जनशक्ति थपेको छैन । बरु झन् घटायो ।’

यसो हुँदा सम्पत्ति शुद्धिकरण बाहिर तर्साउने तर भित्र केही काम गर्न नदिने पंगु निकाय बन्दै गएको धेरैको बुझाइ छ । यसअघिको सरकारले जानी जानी कमजोर तुल्याएको अनुसन्धानकर्ताहरुको निश्कर्ष छ ।

टिप्पणीहरू