चुनाव हुँदा ‘हङ्ग पार्लियामेन्ट’

चुनाव हुँदा ‘हङ्ग पार्लियामेन्ट’

आगामी फागुन २१ गतेको संसदीय चुनावबाट वि.सं.२०५६ पछिको विकृत संसदीय अवस्था उत्पन्न हुने विश्लेषण गर्न थालिएको छ । एकाध पार्टीले तुलनात्मक रुपमा धेरै सिट ल्याए पनि धेरै पार्टीले दुई चार सिट जित्ने अवस्था बन्ने भएकाले ‘हङ् पार्लियामेन्ट’ को आकलन गरिएको हो । धेरै पार्टी दर्ता भएकाले कुनै दलले बहुमत ल्याउने अवस्था कुनै हालतमा नबन्ने ठोकुवा गरिएको छ ।

निर्वाचन विश्लेषकहरुका अनुसार हाल दर्ता भएका नयाँ दलले एकदेखि पाँच सीट मात्र जित्ने अवस्था बन्नेछ । कुलमानसहित हर्क साम्पाङ जस्ता पात्रहरू एकाध सांसदसहित संसदमा प्रवेश गर्ने छन् । यसले २०५६ पछि देखिएको राजनीतिक अस्थिरता झैं थप खराब परिस्थिति उत्पन्न हुनसक्ने डर बढाएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली संसद पुनस्थापनाको अडानमा छन् । नेपाली काँग्रेसले अहिलेसम्म निर्वाचन वा संसद पुनस्थापना भन्नेबारे निर्क्यौल गर्न सकेको छैन । यी दुई दलको हालको निर्णयले पनि आगामी निर्वाचनको परिदृश्यलाई आकलन गर्न सकिन्छ ।

विदेशीहरुको प्रभावमा चल्ने सांसदहरूको संख्या बढ्ने निश्चित छ । यसले नेपाल झन् कमजोर हुने खतरा बढाउँछ । ‘हङ् पार्लियामेन्ट’मा अन्तैको निर्देशन शिरोपर गर्नेहरुको चुरिफुरी हेरिनसक्नु हुन्छ ।  

विगतको कालापानी,भारतीय नाकाबन्दी,चुच्चे नक्सा जस्ता विषयहरूमा एमालेको दम सकिएको अवस्था छ । त्यसमा पनि अध्यक्ष ओलीको पछिल्लो १० वर्षको करनी र कथनीले एमालेलाई अप्ठ्यारोमा पुर्याइदिएको छ ।

तीन दशकअघि महाकाली सन्धिको समयमा ओलीले भारतबाट नेपाललाई वार्षिक १ खर्ब २० अर्ब रुपैयाँ लाभ हुने दावी गरेका थिए । जुन आश आजसम्म सुकोमा देखिएको छैन । विगतमा विपक्षमा रहँदा उरालिएको नारा प्रधानमन्त्री हुँदा कार्यान्वयनतर्फ लाने काम भएन ।

तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय निधनको बारेमा सत्तामा पटक पटक जाँदा कहिल्यै छानबिनबाट किनारा लगाउन नखोज्नु पनि एमालेप्रति प्रश्न उठ्नुका धेरै कारणमध्ये एक भएको भन्न सकिन्छ । भण्डारीको फोटोमा श्रद्धाञ्जली अर्पण गर्ने तर,पैंतिसौं वर्षसम्म आयोग गठन नगर्ने अवस्था पनि देखियो । 

राजनीतिक विश्लेषकहरू भन्छन्, ‘आगामी दिनमा राजनीतिक विकृति र विसंगती थप बढ्ने सम्भावना छ । विदेशीहरुको प्रभावमा चल्ने सांसदहरूको संख्या बढ्ने निश्चित छ । यसले नेपाल झन् कमजोर हुने खतरा बढाउँछ । ‘हङ् पार्लियामेन्ट’मा अन्तैको निर्देशन शिरोपर गर्नेहरुको चुरिफुरी हेरिनसक्नु हुन्छ ।’
 

टिप्पणीहरू