मधेशमा आज सभामुखबारे छलफल
फाइल फोटो
मधेशमा सरकार गठनविरुद्ध सडकमा उत्रिएका प्रदेश सभा सदस्यहरुको धर्ना रोक्न उपसभामुख बबिताकुमारी राउत ईशरले पहल थालेकी छन् । उनले आज दिउँसो साढे १ बजे प्रदेश सभाको बैठक आह्वान गरेकी हुन् ।
तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारीले एमाले प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेयता नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टीसहित सात दल निरन्तर धर्नामा छन् । सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका उनीहरुले सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकोमा मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि नीतिगत काम नगर्न र नगराउन आदेश आइसकेको छ।
उक्त पृष्ठभूमिमा उपसभामुख राउतले सभामुख मण्डलविरुद्धको अविश्वासको प्रस्तावमाति छलफल अघि बढाउन प्रदेश सभा बैठक बोलाएकी हुन् । सभामुख मण्डलले आचरणविपरित काम गरेको र पूर्वाग्रह राखेर पाँच सांसदलाई पदमुक्त गरेको आरोप छ । यद्यपि, सर्वोच्चले मण्डलको नाममा पनि पाँच सांसदलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तिरिम आदेश दिएको अवस्था छ ।
टिप्पणीहरू