नेपाल बन्द गर्न दुर्गाका समर्थकहरुको निर्देशन
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र,राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले नेपाल बन्द गर्ने भएको छ । महाअभियानले आफ्नो सबै अञ्चल र जिल्ला अध्यक्षलाई परिपत्र गर्दै मंसिर ७ गते नेपाल बन्द गर्न गराउन निर्देशन दिएको छ ।
‘मंसिर ७ गते काठमाडौंकेन्द्रितलगायत देशैभरि अनिश्चितकालका लागि नेपाल बन्द गर्न गराउनका लागि सदर अनुरोध गरिन्छ,’ परिपत्रमा भनिएको छ । मंसिर ७ गतेदेखि मेची महाकाली आन्दोलनको घोषणा गरेका प्रसाईं सोमबार मध्यराति भक्तपुरको मध्यपुर ठिमीस्थित निजी निवासबाटै पक्राउ परेका थिए ।
उनीमाथि सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याएको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रसाईंलाई छोड्न महाअभियानले २४ घण्टे अल्टिमेटम दिएकोमा रिहा नभएपछि नेपाल बन्दको तयारी गरिएको छ ।
टिप्पणीहरू