प्रसाईंलाई अदालतमा उभ्याउन आदेश

प्रसाईंलाई अदालतमा उभ्याउन आदेश

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र सशरीर उपस्थिति गराउन आदेश दिएको छ । 

प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाउ आदेशसहित प्रतिवादीलाई उपस्थिति गराउन भनेको हो । 

मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलनको तयारीमा रहेका प्रसाईं उत्तेजक अभिव्यक्ति दिएको आरोपमा सोमबार राती भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए ।  सार्वजनिक शान्तिविरुद्धको अभियोगमा समातिएका उनलाई जिल्ला प्रशासनको अनुमतिमा म्याद थपगरी थुनामा राखिएको छ ।

प्रसाईंको थुना गैरन्यायिक रहेको जिकिर गर्दै रिहाइका लागि निराजनले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन् ।

टिप्पणीहरू