एमालेलाई रोक्न जेनजीका घाइते माइतीघरमा भेला
नेकपा एमालेको कार्यक्रम रोक्न जेनजी आन्दोलनका घाइतेहरू माइतीघर मण्डलामा भेला भएका छन् ।
एमालेले नेसनल भोलेन्टियर फोर्स घोषणाका लागि माइतीघरदेखि बानेश्वरसम्म शक्ति प्रदर्शन गर्न लागेपछि त्यसअघि नै जेनजी घाइते माइतीघरमा जम्मा भएका हुन् । आफूहरू जेनजीका माग पूरा गराउन सघर्षरत रहेको भन्दै उनीहरूले माइतीघरमा अरूलाई आउन नदिने बताएका छन् ।
दुई पक्षबीच झडप हुने अवस्था देखिएपछि प्रहरीले आज त्यहाँ कसैलाई पनि भेला नहुन माईकिङ गरिरहेको छ । अहिले एक दर्जनजति घाइते मण्डलाको सर्भिस ट्र्याकतर्फको बिच सडकमा धर्ना दिइरहेका छन् ।
टिप्पणीहरू