गुण्डुमा राती गएको तर गस्ती नगरेको दावी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सुरक्षा दस्तामा जोडिएको भनिएका फिल्म निर्देशक विशाल भण्डारीले यसबारे प्रतिक्रिया दिएका छन् । आफू व्यक्तिगत कामको लागि गुण्डु पुगेको तर,एमालेसँग राजनीतिक सम्बन्ध नरहेको उनले दाबी गरेका हुन् ।
भण्डारी एमाले भक्तपुरका नेता महेश बस्नेतले बोलाएको रात्रीकालीन भेलामा सहभागी भएको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । जहाँ उनी एमाले कार्यकर्तासँगै कुर्सीमा बसिरहेको देखिन्छ ।
भण्डारीले भिडियो बस्नेतकै घरमा खिचिएको स्वीकार गर्दै व्यक्तिगत काम लिएर आफू गुण्डु गएको बताए । तर, त्यसलाई भाइरल बनाइएको उनको भनाइ छ ।
‘व्यक्तिगत समस्या लिएर तत्कालीन प्रधानमन्त्री कार्यालय,गृह मन्त्रालयसहित विभिन्न कार्यालय,नेता र व्यक्तिहरुसँग भेटघाट गरिरहेको थिएँ’, उनले फेसबुकमा लेखेका छन्, ‘त्यसैबीच महेश बस्नेतज्यूको घरमा भेटको क्रममा खिचिएको एउटा भिडियो भाइरल बनाइयो ।’
अहिलेसम्म कुनै पनि राजनीतिक दलमा आवद्ध नभएको भण्डारीको दावी छ । ‘आजसम्म पनि सहीलाई सही र गलतलाई गलत भन्नु मेरो सिद्धान्त हो, तर म राजनीतिक रूपमा कसैको पक्षमा उभिएको छैन,न कुनै समूह, दल वा व्यक्तिको समर्थनमा म त्यहाँ गएको थिएँ’, उनकाे जिकिर छ ।
व्यक्तिगत कामको लागि मात्रै गुण्डु पुगेको दावी गरेका भण्डारीका पछिल्ला गतिविधिले भने एमालेप्रति उनको अतिरिक्त झुकाव स्पष्ट देखिन्छ । ओलीको बचाउमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहसँग सामाजिक सञ्जालमा जुहारीसमेत खेलेका उनले आखिर किन कुनै दलमा आवद्ध नभएको दावी गरिरहेका होलान् ? जानकारहरू भन्छन्, ‘दोस्रो प्रकाश सपुत बनिने डरले खुल्न नसकेका हुन् ।'
मेयर बालेन साहसँग सामाजिक सञ्जालमा जुहारीसमेत खेलेका उनले आखिर किन कुनै दलमा आवद्ध नभएको दावी गरिरहेका होलान् ? जानकारहरू भन्छन्, ‘दोस्रो प्रकाश सपुत बनिने डरले खुल्न नसकेका हुन् ।
स्मरणीय छ, गत वर्ष गायक सपुतले एक सार्वजनिक कार्यक्रममा ओलीको प्रशंसा गरेकै कारण बहिष्कारको शिकार बनेका थिए । उनी अभिनित तीन चलचित्र नराम्ररी फ्लप भए ।
निर्देशक भण्डारीलाई पनि आगामी प्रोजेक्टले बहिष्कारको सामना गर्न नपरोस् भनेर कुनै पनि व्यक्तिलाई समर्थन नगरेको भन्दै प्रस्टीकरण दिएको देखिन्छ । यद्यपि उनको दावीलाई धेरैले नपत्याएको सामाजिक सञ्जालमा आएका टिप्पणीबाट थाहा हुन्छ ।
दुई घण्टाअघिको स्टाटसमा आएका एक हजार कमेन्टमध्ये अधिकांशमा भण्डारीमाथि तिखा प्रश्न उठाईएको छ । एक जनाले लेखेका छन्, ‘व्यक्तिगत काम लिएर राती को जान्छ ? बस्नेतले केही लच्छारपाटो लाउँछ भन्ने आशाले जानुभएको होला, उसको आफ्नै त धोती न टोपी भएको छ!’
अर्का कमेन्टकर्ता लेख्छन्, 'बेलुका बेलुका गुण्डुमा केपी र महेशको गार्ड बस्नजनुभएको भन्ने हल्ला छ त, की फोटो एआइको कमाल हो ?' अर्को कटाक्षपूर्ण कमेन्ट छ, 'तीन लिटर तेल, मासुभात आफैँ खान नसक्ने गरिब !'
'व्यक्तिगत समस्या समाधानमा जाने भए अहिले अन्तरिम सरकारसँग जाने हो, त्यो हुलियामा रातीराती त्यहाँ जानू भनेको बाको गोठालो बस्न नै ग'को हो यसलाई जसले पनि बुज्न सक्छ', अर्का एक जनाले यस्तो लेखेका छन्, 'जाने त्यो आफ्नो आधिकार हो, तर आफ्नो असली रुपको चित्रण हो।'
यो पनि.....ओलीको सुरक्षा दस्तामा जोडिए बालेन विरोधी



टिप्पणीहरू