झिसमिसेमा गृहजिल्ला जाँदै सञ्चारमन्त्री

झिसमिसेमा गृहजिल्ला जाँदै सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल भोलि बिहान गृहजिल्ला दोलखा जान लागेका छन् । उनी बिहान ५ बजे काठमाडौंबाट जाने र मंगलबार मात्रै राजधानी फर्कने कार्यक्रम छ ।

बिहान ५ बजे काठमाडौंबाट सडक मार्ग हुँदै दोलखा गएर दिउँसो शैलुङ्ग, कालिञ्चोक र चरिकोटस्थित विभिन्न कार्यालयको अनुगमन तथा निरीक्षण गर्ने र साँझ सदरमुकाम चरिकोटमा बास बस्ने बुझिएको छ ।

पर्सि बिहान स्थानीय भीमसेन मन्दिरमा पूजापाठ र त्यसपछि कालिनाग माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुने मन्त्रालय स्रोतले बतायो । सोमबार राति पनि सदरमुकाम चरिकोटमै बस्ने कार्यक्रम छ । 

मंगलबार बिहान पत्रकार महासंघ दोलखामा समसामयिक विषयमा छलफल गरेपछि दिउँसो २ बजे चरिकोटबाट फर्कने जानकारीसहित जिल्लास्थित सुरक्षा निकायलाई सुरक्षाको सबै प्रबन्ध मिलाउन पत्राचार भएको छ ।

टिप्पणीहरू