तामझाम, रवाफिलो जीवनशैली बर्जित : जनार्दन शर्मा

तामझाम, रवाफिलो जीवनशैली बर्जित : जनार्दन शर्मा

प्रगतिशील  लोकतान्त्रिक पार्टी (प्रलोपा)ले एउटा व्यक्ति एउटै कार्यकारी पदमा मात्रै बस्न पाउने र दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था गरेको छ । आज आयोजित एकता घोषणा कार्यक्रममा जनार्दन शर्माले पार्टीको संगठनात्मक सिद्धान्त र प्रणालीबारे जानकारी गराएका हुन् । 

पार्टीका सबै कमिटी स्वायत्त हुने र आफ्नो प्रतिनिधि तथा उम्मेद्वार छनोट गर्ने जिम्मेवारी पनि सम्बन्धित कमिटीकै हुने शर्माले बताए । उनका अनुसार पार्टीले ‘राइट टु रिकल’ प्रणाली समेत अबलम्बन गर्नेछ । पूर्व अर्थमन्त्री समेत रहेका शर्माले तामझाम र रवाफिलो जीवनशैली बाँच्नेहरुलाई पार्टीले स्पेस नदिने पनि प्रष्ट पारे । अध्ययनशील र समय सापेक्षितरुपमा दृष्टिकोण बनाउन सक्ने जोकोही पनि पार्टीमा जोडिन उनको आह्वान छ । 

त्यस्तै, प्रलोपाले भ्रष्टाचार अन्त्य र सुशासनको लागि ‘एन्टिकरप्शन युथ फोर्स’ समेत गठन गर्ने जनाएको छ । शर्माका अनुसार उक्त फोर्सले भ्रष्टाचारी, कालोबजारी, बलात्कारी, मानव बेचबिखच, गुण्डागर्दी लगायतको क्रिमिनल प्रोफाइल तयार पार्ने, सामाजिक सञ्जालमा एक्सपोज अभियान सञ्चालन गर्ने, र आवश्यकता अनुसार सामाजिक बहिष्कारसम्मको अभियान चलाउनेछ ।

टिप्पणीहरू