मुख्य भवन खरानी, पुरानो भवनमा इजलास
गत भदौ २४ गतेको जेनजी विध्वंशमा क्षतिग्रस्त बनेको काठमाडौं जिल्ला अदालतले पुरानो भवनमा इजलास कायम गरेको छ । मुख्य भवन जलेर खरानी भएपछि अदालतले दोस्रो, तेस्रो र चौंथो भवनबाट मुद्दाको सुनुवाइ गर्न लागेको हो । तेस्रो भवनको माथिल्लो तलामा १, २, ३, ४, ५, ६, ११ र १२ नम्बर इजलास कायम गरिएको छ ।
त्यस्तै, भुइँ तलामा ७, ८, ९, १०, १३ र १४ नम्बरको इजलास रहनेछ । चौंथो भवनको दोस्रो तलामा १५ देखि १८ नम्बरसम्मको इजलास तोकिएको अदालत प्रशासनले जनाएको छ । प्रशासनका अनुसार सोही भवनको भुइँ तलामा विवाह, म्याद थप कक्ष रहनेछ । १९ देखि २८ नम्बरसम्मको इजलास दोस्रो भवनको दोस्रो तलामा राखिएको छ ।
२९ देखि ३८ सम्मका इजलास उक्त भवनको भुइँ तलामा रहने जानकारी दिइएको छ ।
टिप्पणीहरू