छोरोको जिम्मामा छुटे दुर्गा प्रसाईं

छोरोको जिम्मामा छुटे दुर्गा प्रसाईं

विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय डा.नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिहाइको आदेश दिएसङ्गै उनी आजै छुटेका हुन् । 

राजसंस्था पुनःस्थापनाको माग गर्दै आजदेखि अनिश्चितकालीन आन्दोलन घोषणा गरेका प्रसाईं संगठित अराजकता फैलाएको आरोपअन्तर्गत  गत सोमबार रातिदेखि प्रहरी हिरासतमा थिए । भक्तपुरको मध्यपुरथिमीस्थित निवासबाट पक्राउ परेका उनको समूहले यसअघि घोषणा गरेको आन्दोलन गएराति फिर्ता लिइएको थियो । 

प्रसाईंलाई छोरा निराजनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू