उता राजेन्द्रहरु गए, यता तीनथरी मिले
जनता समाजवादी पार्टीको विभाजनपछि एक दर्जन नेताहरू नेकपामा गएका छन् । यता अशोक राई, राजेन्द्र महतो र रेशम चौधरी नेतृत्वका दलले तीन दलले एउटै चुनाव चिह्न लिएर आगामी प्रतिनिधिसभा चुनावमा प्रतिस्पर्धा गर्ने सहमति गरेका छन्।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट राजेन्द्रप्रसाद श्रेष्ठ सहित एक दर्जन नेता नेकपामा समाहित भएका हुन् । जसपा नेतृत्वले नेकपासँग एकता गर्ने प्रक्रिया अघि बढाउन श्रेष्ठकै संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो। तर अध्यक्ष राईले तत्काल एकतामा जाने स्पष्टता नदेखाएपछि पार्टी विभाजन भएको बताइन्छ ।
जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनमा एकै चुनाव चिह्नमा चुनाव लड्ने सहमति गरेका छन्। तीन दलले नागरिक उन्मुक्ति पार्टी नेपालको कायम रहेको जाँतो चुनाव चिह्न प्रयोग गर्ने भएका छन्।

याे पनि....
फुटेकाे जसपाका दर्जन नेता नेकपामा
टिप्पणीहरू