मधेशमा आज बिदा

मधेशमा आज बिदा

विवाह पञ्चमीको अवसरमा मधेस प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ। प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले मङ्सिर ९ गते मंगलबार प्रदेशभर बिदा हुने जानकारी गराएको छ।

त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान राम र  सीताको विवाह भएको स्मरणमा आज विवाह पञ्चमी पर्व मनाइँदैछ। मिथिलाको धार्मिक तथा सांस्कृतिक केन्द्र जनकपुरधाममा राम–सीता विवाह महोत्सव विशेषरूपमा मनाइँदैछ ।

टिप्पणीहरू