जेनजी प्रदर्शनका ९ घाइते अझै अस्पतालमा
भदौ २३ गतेको जेनजी प्रदर्शन र २४ गतेको ध्वंशात्मक घटनामा घाइते भएकामध्ये ९ जनाबाहेक सबै घर फर्किएका छन् । दुवै दिनको घटनामा दुई हजारभन्दा बढी घाइते भएकोमा ९ जनाको अहिलेपनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन जना राष्ट्रिय ट्रमा सेन्टर, दुई जना त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, तीन जना काठमाडौं मेडिकल कलेज र एक जना स्पाइनल इन्जुरी रिहाबिलिटेशन सेन्टरमा उपचाररत छन् ।
दुई दिने घटनामा कूल दुई हजार ५७४ जना घाइते भएका थिए । जसमध्ये उपचारको क्रममा ५१ जनाको मृत्यु भएको छ ।
टिप्पणीहरू