विप्लवका युवाहरु प्रचण्डसँग

विप्लवका युवाहरु प्रचण्डसँग

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबाट विद्रोह गरेर अलग्गिएका दाङका युवाहरु नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । आज पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममार्फत नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनीहरुलाई औपचारिक रुपमा पार्टी प्रवेश गराएका हुन् । 

पार्टी प्रवेश गर्नेमा नेकपाको दाङ जिल्ला सचिवालय सदस्यहरु सुदर्शन सुनार, दिपेन्द्र वली, विवेककुमार विक, दिलिप वली, ठाकुरप्रसाद गौतम, हेमराज विक र कुमार चपाई रहेका छन् । प्रचण्डले उनीहरुलाई पार्टीमा स्वागत गर्दै नयाँ उत्साहका साथ जनताको पक्षमा समर्पित भएर लाग्न आग्रह गरेका छन् ।

टिप्पणीहरू