भारतको पिथौरागढमा ‘सूर्य किरण’

भारतको पिथौरागढमा ‘सूर्य किरण’

नेपाल र भारको १९औँ संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ पिथौरागढमा सुरु भएको छ। मंसिर २२ गतेसम्म हुने अभ्यासको मुख्य उद्देश्य दुबै मुलुकका सेनाबीच सहयोग र तालमेल बलियो बनाउनु, विशेषगरी सांघातिक आतंकवाद (काउन्टर टेरोरिज्म) सञ्चालन र प्रकोप व्यवस्थापन क्षेत्रमा क्षमता अभिवृद्धि गर्नु रहेको जनाइएको छ ।

यस्तो अभ्यासले दुबै पक्षलाई सैन्य संस्कार, अभ्यास, प्रोटोकल, डाक्ट्रिन र सर्वोत्तम अभ्यासहरू बुझ्ने अवसर प्राप्त हुने भनिएको छ ।

प्रत्येक वर्ष पालैपालो नेपाल र भारतले आयोजना गर्ने यस्तो अभ्यास गत वर्ष नेपालको बुटवल नजिकै सालझण्डीमा भएको थियो । सन् २०११ देखि नेपाली सेनासँग हुन थालेको यस्तो संयुक्त अभ्यास भारतले श्रीलंका, भुटान र म्यानमारका सेनासँग पनि गर्दै आएको छ ।

तस्बिरहरु

टिप्पणीहरू