काठमाडौं महानगरमा ‘एआई’
काठमाडौं महानगरपालिकाले ‘आर्टिफिशल इन्टेलिजन्स (एआई) कन्सोर्शन टिम’ गठन गर्ने भएको छ । एआईलाई रणनीतिक रुपमा संस्थागत विकास तथा उपयोगको उद्धेश्यसहित महानगरले सो टिम गठन गर्न लागेको हो ।
महानगरले एआई, डाटा साइन्स, सफ्टवेयर सिस्टम विकास, डिजिटल गभर्नेन्स, पोलिसी–लिगल, शिक्षालगायत क्षेत्रमा ज्ञान, अनुभव भएका इच्छुक व्यक्तिलाई टिममा आबद्ध हुनका निम्ति आह्वान गरेको छ ।
भनिएको छ, ‘उल्लेखित क्षेत्रमा ज्ञान, अनुभव भएका वा सोही क्षेत्रमा कार्यरत रहेका इच्छुक व्यक्तिहरुले एआई कन्सोर्शन टिममा आबद्ध हुन चाहने भए इक्स्प्रेशन अफ इन्ट्रेस्ट फाराम भरी दर्ता गर्नुहुन अनुरोध गरिन्छ ।’
साथै, यससम्बन्धी प्रारम्भिक बैठक तथा सुझाव संकलनका निम्ति आउँदो मंसिर १४ गते प्लाजास्थित महानगरको सभाहलमा कार्यक्रमसमेत राखिएको छ ।
टिप्पणीहरू