सेनाको खबर छाप्नेलाई छानिछानी तालिम

सेनाको खबर छाप्नेलाई छानिछानी तालिम

नेपाली सेनाद्वारा आयोजित ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ । सुर्खेतस्थित उत्तरपश्चिम पृतना हेडक्वार्टरमा मंसिर ८ गतेदेखि शुरु भएको अभिमुखीकरण कार्यक्रमको आज समापन गरियो । 

समापन समारोहमा पृतनापति उपरथी दिपेशजंग शाहले सफलतापूर्वक अभिमुखीकरण सम्पन्न गर्ने २४ जना सञ्चारकर्मीलाई बधाईसहित प्रमाणपत्र हस्तान्तरण गरे । त्यस्तै, नेपाली सैनिक रेडियो कार्यक्रम प्रशारण गर्ने पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका ९ वटा एफएम रेडियो स्टेशनलाई जनसम्पर्क तथा सूचना निर्देशकले प्रोत्साहनस्वरुप नगद र कदरपत्र प्रदान गरे । 

सो कार्यक्रमले मुलुकका विभिन्न स्थानमा कार्यरत सञ्चारकर्मीलाई सेनासम्बन्धी समाचार संकलन तथा सम्प्रेषण गर्न सहजता हुने विश्वास लिइएको सेनाको दावी छ ।

टिप्पणीहरू