नख्खुमा यसरी जुटे कृश्चियन काउन्सिलका प्रतिनिधि
मुलुकको वर्तमान परिस्थितिमा सरकार र जनताको सुख,शान्तिको कामना गर्दै प्रेयर काउन्सिल नेपालका प्रतिनिधिहरुले प्रार्थना गरेका छन् ।
आज ललितपुरको नख्खुमा क्रिश्चियन समाजद्वारा आयोजित प्रार्थना कार्यक्रममा काउन्सिलका केही प्रतिनिधि पनि सहभागी थिए । कार्यक्रममा काउन्सिलका संयोजक धनराज घिमिरे,सहसंयोजक चन्द्र श्रेष्ठ र राजनीति विभाग हेर्ने डा.तेज रोक्या सहभागी भए।
त्यसक्रममा उनीहरुले देश र जनताको सुख,शान्ति र सुरक्षाको कामना गर्दै प्रार्थना गरेका हुन् । कार्यक्रममा क्रिश्चियन धर्मप्रति आस्था राख्ने झण्डै पाँच दर्जनको सहभागिता रहेको थियो।
टिप्पणीहरू