श्रीमानहरु र इजलासमै ढल्ने वकिलबीचको त्यो सवाल जवाफ
भदौ २४ गते उपद्रवकारीले अदालत जलाएकोमा खुशियाली मनाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट कानुन व्यवसायी सुलभ खरेललाई इजलासमा बहस गर्दागर्दै कडा प्रश्नले थिल्थिलो पारेको छ ।
प्रतिनिधि सभा विघटनविरुद्ध एमालेका तत्कालीन प्रमुख सचेतक महेश बर्तौलाले हालेको रिटउपर बहस हुनु एक छिनअगाडि प्रधानमन्त्री कार्यालयविरुद्ध गेहेन्द्र मल्लले दायर गरेको अर्को मुद्दामा आज दिउँसो बहस गर्न पुगेका उनको नियतमाथि प्रश्न उठाउँदै प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले केही प्रश्न सोधेलगत्तै उनी इजलासमै ढलेका थिए ।
प्रधानन्यायाधीश राउत नेतृत्वको संवैधानिक इजलासको पेशी सूचिको 'च' नम्बरमा रहेको मुद्दाको सुनुवाइ शुरु भएलगत्तै खरेलले आफ्नो परिचय दिँदै बहसका लागि आएको जानकारी गराए । बहस शुरु गर्नै लाग्दा प्रधानन्यायाधीशले रोक्दै अदालतमाथि आक्रमण भएको विषयमा उनले सामाजिक सञ्जालमा लेखेकोबारे स्पष्टिकरण मागे ।
'तपाईं त अदालत जलेकोमा खुशी हुने र अब न्यायाधीशको घर डढाउन जानुपर्छ भन्दै भीड उराल्ने मान्छे,इजलास जल्दा हर्ष बढाइँ गर्ने तपाईं यही इजलासमा कसरी बहस गर्न आउन सक्नुहुन्छ ?" प्रन्या राउतको प्रश्न थियो । केहीबेर अक्मकाउँदै खरेलले आफूले फेसबुकबाट त्यो पोष्ट हटाइसकेको जवाफ दिए । 'मैले त्यो पोष्ट हटाइसकेँ श्रीमान्', उनको जवाफ चित्त नबुझाएका राउतले बहस गर्न नमिल्ने बताए ।
'सरी भनेर मात्र हुँदैन,यो तहको सोच भएको मान्छे कसरी वकिल हुन्छ ?' प्रश्न तेर्सिएपछि भट्टराईले पुन: माफी मागे । उनले प्रष्टीकरण दिँदै भने, 'मैले भनेपछि नै उहाँले पोष्ट हटाउनुभएको हो,माफी दिनुपर्यो श्रीमान् ।'
'तपाईंले यो इजलासमा बहस गर्न मिल्दैन', प्रधानन्यायाधीशले निर्देशन दिए । त्यसपछि चिटचिट पसिना निकाल्दै खरेल ढल्न खोजेपछि बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईहरूले समातेर कुर्सीमा बसालेको प्रत्यक्षदर्शी स्रोतले सुनायो ।
अधिवक्ता भट्टराईले 'माफी मागिसकेको छ,मेरो अफिसको भाइ हो,माफी दिनुपर्छ श्रीमान्' भन्दै अवस्था सामान्य पार्न खोजेका थिए । तर, प्रधानन्यायाधीश राउतले 'माफी तपाईंले माग्ने कि सम्बन्धित मान्छेले ?' भन्दै फेरि प्रश्न गरे । त्यसपछि खरेलले 'सरी' भने पनि अरु न्यायाधीशले थप प्रश्न उठाए ।
'सरी भनेर मात्र हुँदैन,यो तहको सोच भएको मान्छे कसरी वकिल हुन्छ ?' प्रश्न तेर्सिएपछि भट्टराईले पुन: माफी मागे । उनले प्रष्टीकरण दिँदै भने, 'मैले भनेपछि नै उहाँले पोष्ट हटाउनुभएको हो,माफी दिनुपर्यो श्रीमान् ।'
न्यायाधीशहरूको कडा प्रश्नले अत्तालिएका खरेल थरथर काम्दै ढलेपछि उनलाई अधिवक्ता भट्टराईसहित अरू वकिलले इजलासबाट बाहिर लिएर गएका थिए ।
अमेरिकामा कानुन पढेर आएका खरेल रास्वपामा आवद्ध छन् । मंसिरका लागि तोकिएको रुपन्देही-३ को उप चुनावमा उनी उक्त पार्टीबाट उम्मेदवारको दावेदार थिए । तर, रास्वपाले डा.लेखजंग थापालाई टिकट दिने निर्णय गर्यो ।
भदौ २४ को महाविध्वंशमा रास्वपाका अन्य नेताजस्तै खरेलले पनि समाजिक सञ्जालबाट भीडलाई भड्काएको आरोप छ ।
(यसअघिको समाचारमा उनी सँसद विघटनविरुद्ध बहस गर्न गएको भन्ने ब्यहोरा पर्न गएकोमा त्रुटी सच्याइएको छ - सम्पादक )
टिप्पणीहरू