म्याद सकिन लागेको जाँचबुझ आयोगको कार्यक्षेत्र विस्तार
सरकारले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद र कार्यक्षेत्र थप्ने निर्णय गरेको छ ।
हिजो साँझ प्रधानमन्त्री सुशीला कार्कीले जेन जी समूहसँग गरेको सम्झौताअनुसार आजको क्याबिनेट बैठकले कार्की आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको हो ।
गत असोज पहिलो साता गठित उक्त आयोगको म्याद आगामी पुस पहिलो साता सकिँदैछ । आयोगको तोकिएको तीन महिने म्याद सकिन दुई साता बाँकी छँदा कार्यक्षेत्र थपको निर्णय भएको हो ।
टिप्पणीहरू