ओमप्रकाश अर्यालले गृहमन्त्री खान गेम खेलेको आरोप
जेनजी अगुवा भनिएका ३७ वर्षे सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई षड्यन्त्रकारीको आरोप लगाएका छन् । आफूले हर्क साम्पाङलाई गृहमन्त्री बनाउन चाहे पनि अर्यालले ‘गेम’ खेलेर गृहमन्त्री बनेको उनको दावी छ ।
एक राष्ट्रिय टेलिभिजनलाई अन्तर्वार्ता दिँदै गुरुङले अन्तरिम सरकार गठन हुँदै गर्दा आफूले साम्पाङसँग ‘वान टु वान’ वार्ता गरेर गृहमन्त्री बनाउने सहमति गरेको खुलाए । तर, आफू पदमा पुग्न अर्यालले बिचैमा खेल खेलेपछि उक्त योजना तुहिएको उनको भनाइ छ ।
‘मैले आफैँ मेयर सापलाई राती प्रधानमन्त्रीको नाम सिफारिस भइसक्यो, अझै केही बिग्रेको छैन, तपाईं निडर हुनुहुन्छ, गृहमन्त्री बनिदिनुस् भनेको थिएँ’, अन्तर्वार्ताका क्रममा गुरुङले भने, ‘प्रधानमन्त्री निवासमा मेयर सा'पसँग बस्दा उहाँले पनि हुन्छ भन्नुभएको थियो, तर विचैमा ओमप्रकाश अर्यालले चिप्लाइहाल्यो ।’
हर्कलाई गृहमन्त्री बनाउन बालेनसमेत सहमत भएको उनको जिकिर छ । ‘हामीले सबै सहमति गरेर प्रधानमन्त्रीज्यूसमक्ष नाम दिइसकेका थियौँ, तर बीचमा गेम खेल्ने त ओमप्रकाश अर्याल रहेछ, भित्रैबाट गृहमन्त्रीको कुर्सि ताकेर बसेको रहेछ । उसले चिप्ल्याएर लगिहाल्यो’, उनले थपे ।
अर्याल पदका लागि मात्र गृहमन्त्री बनेको उनको आरोप छ ।
टिप्पणीहरू