दुई मन्त्रीको राजीनामा तयारी

दुई मन्त्रीको राजीनामा तयारी

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिने तयारी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति बनेका घिसिङ र सोही पार्टीमा खुल्दै आएका गुप्ताले आगामी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वार बन्ने तयारीसहित पदबाट राजीनामा दिन लागेको बुझिएको छ । 

हिजो बसेको मन्त्रिपरिषद्को बैठकमै प्रधानमन्त्री सुशीला कार्कीले चुनाव लड्न चाहने मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएको बताइन्छ । कार्कीले नाम नतोके पनि घिसिङ र गुप्तालाई लक्षित गर्दै पदमा बसिरहनुभन्दा स्वतन्त्र भएर आफ्नो चुनावी तयारी गर्न भनेकी थिइन् । 

प्रधानमन्त्री कार्कीले नै राजीनामा दिन निर्देशन दिइसकेपछि घिसिङ र गुप्ताले केही दिनमै राजीनामा दिएर रास्वपामा सक्रिय हुने तयारी गरेको जानकार स्रोत बताउँछ । त्यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले समेत चुनाव लड्ने मनस्थिति बनाएको बताइएको छ । स्रोतले भन्यो, ‘रास्वपाबाटै चुनाव लड्नेगरी नेताहरुसँग नियमित संवाद गरिरहनुभएको छ, तर निर्णय गरिसक्नुभएकाे छैन ।’
 

टिप्पणीहरू