अर्कै नेकपाको पुनर्गठन
माले-एमाले जुटेपछि अलग्गै बसेको ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी मंसीर ८ गते ७ औं पार्टी पुनर्गठन दिवस मनाउने भएको छ । उसले तीन दिन विभिन्न कार्यक्रमको आयोजना गरेर विगतमा झैँ यसपटक पनि दिवस मनाउन लागेको हो ।
जसअनुसार ६ गते देशभर पार्टी पुनर्गठन दिवसको प्रचारप्रसार तथा अतिरिक्त क्रियाकलापको आयोजना गर्ने, ७ गते देशव्यापी प्रदर्शन तथा जनसभा गर्ने र ८ गते पार्टी पुनर्गठनको दिन देशभर उत्सव मनाउने कार्यक्रम छ । पार्टी उपाध्यक्षमा जगतबहादुर बोगटी र लोकनारायण सुवेदी छन् भने हरिदेव ज्ञवाली,रामबहादुर भण्डारी र टंक राई उपाध्यक्ष छन् ।
टिप्पणीहरू