राप्रपा काठमाडौं १ पनि कस्सियो

राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं निर्वाचन क्षेत्र नं. १ कमिटीले केन्द्रीय निर्देशनअन्तर्गतको संघर्षका कार्यक्रम सफल पार्न भेला आयोजना गरेको छ । बबरमहलस्थित एउटा रेष्टुरेण्टमा हिजो बिहान आयोजित कार्यक्रममा ५० जना भन्दाबढीको उपस्थिति रहेको बताइएको छ ।

जनसंघर्ष परिचालन समितिका संयोजक तारानाथ लुईंटेलको अध्यक्षतामा भएको भेलालाई केन्द्रीय सदस्य जगन्नाथ खनाल, केन्द्रीय सदस्य डम्बरप्रसाद शिवाकोटीलगायतले सम्बोधन गरेका थिए ।

टिप्पणीहरू