नेकपा ताप्लेजुङ बहुमततर्फ

नेकपा ताप्लेजुङ बहुमततर्फ

गत हप्ता राजीनामा दिएका पर्यटन मन्त्री योगेश भट्टराईको गृहजिल्ला ताप्लेजुङको नेकपा कमिटीको आइतबार सम्पन्न चौथो बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको नेपाली जनताको सार्वभौम अधिकारसम्पन्न प्रतिनिधि सभाको विघटनले जनताको अपमान हुनुका साथै,प्राप्त राजनीतिक उपलब्धीहरूलाई गम्भीर संकटततर्फ धकेलेको ठहर गरेको छ । बैठकले ‘पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको करीब दुई तिहाई बहुमतवाला केन्द्रीय कमिटी नै सहि र क्रान्तिकारी रहेकाले यसैमा संगठित हुन र अन्य भ्रममा नपर्न आम पार्टी पंक्तिलाई प्रष्ट पार्दछौं’ भन्दै सर्वसम्मत निर्णय गरेको बताइन्छ ।

बैठकले केपी शर्मा ओलीको प्रतिगामी तथा असंवैधानिक कदमबिरुद्धको संघर्षलाई तीब्रता दिन र प्रभावकारी बनाउन कार्यालय सदस्य मातृकाप्रसाद भट्टराईको संयोजकत्वमा ५ सय १ सदस्यीय संघर्ष समिति गठन गरेको छ ।

जिल्ला कमिटीले पुस २० गतेसम्म जिल्लाको नगरपालिका र सबै गाउँपालिका कमिटीहरूको बैठक सम्पन्न गर्ने,२५ गतेसम्म ६१ वटै वडाहरूमा बैठक तथा भेला सम्पन्न गर्ने,पुस १३ गते जनवर्गीय संगठन र मोर्चाहरूको संयुक्त प्रशिक्षण भेला आयोजना गर्ने तथा १४ गते बुधबार फुङलिङ नगरपालिकामा बृहत जनप्रदर्शन गर्नेसमेत निर्णय गरेको प्रचार बिभाग प्रमुख सुरज ओझा र उपप्रमुख मोहन न्यौपानेद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

टिप्पणीहरू