नेकपा गोरखाले लियो निर्णय

नेकपा गोरखाले लियो निर्णय

नेकपा गोरखा जिल्ला कमिटीको हिजो बसेको बैठकले नेपाली जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक राजनैतिक परिवर्तन, संघीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान, लोकतान्त्रिक व्यवस्था र संसदमाथि प्रधामन्त्री केपी शर्माको सरकारले असंवैधानिक, अलोकतान्त्रिक,निरंकुश, पश्चगामी र स्वेच्छाचारी कदम चालेको ठहर गरेको छ ।

अध्यक्ष लेखबहादुर थापा मगरको अध्यक्षता र केन्द्रीय सदस्य तथा संगठन विभाग सदस्य एवम् सांसद हरिराज अधिकारीको प्रमुख आतिथ्यमा बसेको बैठकले पुस १४ गते गोरखा सदरमुकाममा जनप्रर्दशनसहित बिरोध कार्यक्रम गर्ने,१६ १७ गते पार्टी नगर कमिटी र गाउँपालिका कमिटीको बैठक तथा भेला प्रशिक्षण गर्ने निर्णय गरेको छ ।

त्यसैगरी पुस २० गते जिल्लामा रहेका जनवर्गीय संगठन,मोर्चा र जातीय संगठनको भेला गर्ने,२१ देखि पुस २५ गतेसम्म वडा कमिटीको भेला र प्रशिक्षण गर्ने निर्णय गर्दै गोरखाली कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने गरी गुटगत मानसिकता बोकेका केही साथीहरूको क्रान्तिकारी पार्टी र आन्दोलनबिरोधी षडयन्त्र र गतिबिधि गरिरहेको बुझिन आएकोले त्यस्ता गलत तत्वका पछि नलागी सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी जनसमुदाय एक ढिक्का हुन बैठकले आमजनसमुदायमा हार्दिक आग्रह समेत गरेको छ ।

टिप्पणीहरू