नेकपा (जनवादी) पनि आन्दोलनमा

संसद विघटनबिरुद्ध नेकपा (जनवादी) पनि आन्दोलनमा उत्रिएको छ । विभिन्न समयमा तत्कालीन सरकारहरूसँग राखेको माग सुनुवाई नभएको भन्दै जनवादी बुधवार माइतीघर मण्डलामा धर्नामा बसेको हो ।

दुई वर्षयता जनताका प्रत्यक्ष सवालमा सरकारसँग निरन्तर वार्ता गरेपनि कुनै सुनुवाई नभएको जनवादीको आरोप छ । नेकपा नेता सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीसँग छलफल गरी जनजीविकाका सवालमा केन्द्रित विभिन्न ५२ बुँदे मागप्रति सरकार गम्भीर नबनेपछि आन्दोलनमा उत्रनुपरेको पार्टी प्रवक्ता दिनेश थापाले जानकारी दिएका छन् ।

थापाका अनुसार विभिन्न समूहका पीडितहरूलाई राहत,पुनस्र्थापना,सहुलियत,सुविधासँग सम्बन्धित मागहरू राख्दै प्रदर्शन गर्नुपरेको हो । प्रदर्शनकारीले ‘द्वन्द्वपीडित  प्रहरीलाई न्याय देऊ’, ‘हामीलाई समाजमा पुनःस्थापित गराईदेऊ’, ‘गरिबले चाहेजति निःशुल्क पढ्न पाउने कहिले र कहाँ ?’ जस्ता प्लेकार्ड बोकेका छन्  ।

टिप्पणीहरू