हुम्लाका धेरै कमरेड ओलीबिरोधी क्याम्पमा

हुम्लाका धेरै कमरेड ओलीबिरोधी क्याम्पमा

नेकपा हुम्लाका सबैजसो नेता तथा कार्यकर्ताले पार्टीको मूलधार पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव कुमार नेपालले नेतृत्व गर्नुभएको नेकपा (बहुमत) मा रहने प्रतिबद्धता जनाएका छन् । नेपाली कम्युनिष्ट आन्दोलनको अभूतपूर्व ऐतिहासिक एकता प्रक्रिया दुर्भाग्यवश अबरुद्ध भई तमाम नेता,कार्यकर्ता र आमजनता निराश हुन पुगेको सन्दर्भ उल्लेख गर्दै २८ जनाले संयुक्त रुपमा प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ ‘कर्णाली प्रदेश र हुम्ला जिल्लाको विकास र समृद्धिको एक महान् उद्देश्य पूरा गर्न पार्टीको एकता र प्रदेश सरकारको स्थायित्व नै प्रमुख मुद्दा हो । यस कुरालाई मध्यनजर गरी फरक धारमा रहन जानुभएका कमरेडहरुलाई समेत पार्टीको मूलधारमा नै संलग्न हुन हार्दिक अपिल गर्दछौं ।’

मूलधारमा समाहित हुन आह्वान गर्दै संयुक्त विज्ञप्ति जारी गर्नेहरुमा नेकपा केन्द्रीय सदस्य तथा हुम्ला इञ्चार्ज विजय भण्डारी, हुम्ला जिल्ला अध्यक्ष लालकेश जैसी, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री तथा हुम्ला सचिव दल रावल, प्रतिनिधि सभाका निवर्तमान सदस्य तथा प्रदेश कमिटी सदस्य छक्कबहादुर लामा तथा प्रदेश कमिटी सदस्यहरु छिमी दोर्जे लामा, हस्तबहादुर शाही, सौमती एडी, शिवराज शर्मा र लोकबहादुर हमाल हुनुहुन्छ ।

त्यसैगरी, हिमाली भोटे लामा मोर्चाका अध्यक्ष छिरिङ डम्दुल लामा, हुम्ला जिल्ला कमिटी सचिवालय सदस्य कलबहादुर हमाल, तीर्थराज रोकाया, नरदीप थापा, डबल रावल, मुस्कान लामाले पनि सबैलाई मूलधारमा समाहित गर्न आह्वान गर्नुभएको छ ।

संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्ने जिल्ला कमिटी सदस्यहरुमा अकिलबहादुर शाही, पूर्णा ढकाल, जोशी धामी, ग्यामी नुुमी, चन्द्रप्रसाद ढकाल, हरिदत्त जोशी, अजमल बुढा, दलपति नेपाली, अञ्जु रोकाया र प्रदेश परिषद सदस्य मंगल लामा, छवि लामा र अमरसिंह लामा छन् ।

टिप्पणीहरू