दुबैतिर अहोरात्र दौड

दुबैतिर अहोरात्र दौड

नेकपा (बहुमत) आन्दोलनसँगै संगठन विस्तारमा समेत जुटेको छ । पार्टी देशव्यापी संगठन विस्तारमा होमिएको बेला बुधबार नेकपा (बहुमत) निकट अनेरास्ववियू काठमाडौ जिल्ला कमिटीले बृहत् कार्यकर्ता भेला गरेको छ । नेपाल कमर्स क्याम्पसमा सम्पन्न भेलामा पार्टीका केन्द्रीय सदस्य किशोरविक्रम मल्ललगायत ठूलो संख्यामा कार्यकर्ताको उपस्थिति थियो ।

यता बुधबार नै नेकपाको ओलीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले पनि काठमाडौ क्याम्पस जिल्ला कमिटीको बृहत् कार्यकर्ता भेला गरेको छ । भेलामा नेकपा (ओली) काठमाडौ जिल्ला अध्यक्ष कृष्ण राई, अनेरास्ववियुका स्थायी कमिटी सदस्यहरू नरेश रोक्का, सुमनराज कार्की, पूर्व स्ववियु सभापति तुलसी मैनाली, अनेरास्ववियु केन्द्रीय सदस्यहरू नारायण पाठक, राजेश पाठक, दमन खड्कालगायतको उपस्थिति थियो ।

संसद विघटनपछि विभाजित नेकपाका दुवैपक्ष देशव्यापी कार्यकर्ता भेला र प्रशिक्षणमा जुटेका छन् । संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमविरुद्ध आन्दोलन चर्काइरहेको बहुमत पक्ष संघर्षका कार्यक्रमहरूमा केन्द्रित छ भने रक्षात्मक बनेको ओली पक्ष अर्को समूहका नेता तथा कार्यकर्ता आफूतिर तान्ने दौडमा लागेको देखिन्छ ।

टिप्पणीहरू