‘स्वार्थी’ वडा सरकारमा नबस्ने भन्दै महिला सदस्यद्वारा राजीनामा

‘स्वार्थी’ वडा सरकारमा नबस्ने भन्दै महिला सदस्यद्वारा राजीनामा

रुकुम पश्चिमका एक निर्वाचित वडा सदस्यले राजिनामा दिएकी छन् । वडा सरकार संघीयताको मर्म विपरित चलेको र आफ्नै स्वार्थमा लिप्त भएको आरोप लगाउँदै त्रिवेणी गाउँपालिका वडा नम्वर ९ की निर्वाचित वडा सदस्य भिमा खड्काले पदबाट राजीनामा दिएकी हन् ।

थुप्रै अनियमितता र भ्रष्टाचारका गतिविधि देखेर आजित बनेको र पटक पटक कुरा उठाउँदा पनि सुनुवाई नभएपछि नैतिकताको आधारमा राजीनामा गरेको खड्काले बताएकी छन् । त्रिवेणी गाउँकार्यपालिमा राजीनामा पत्र पेश गर्दै सदस्य खड्काले आफ्नो राजीनामा पद्धति विरुद्धको असहमति भएको जनाएकी छन् । उनले वडा कार्यालयका अनियमितता, अपारदर्शिता तथा मनपरीतन्त्रको विरुद्ध पटक पटक बोल्दा कुनै सुनुवाई नभएपछि बाध्य भएर राजिनामा दिएको जनाएकिछिन् ।

राजिनामा पत्रमा उनले वडा अध्यक्षको मनपरी बढेको, अन्य जनप्रतिनिधिहरुको आवाज नसुनेको, बेथिति विरुद्धको आवाज सुन्ने प्रयास नै नगरेको, वडा सरकारका निर्णयहरु छलफल बिनै एकलौटि ढंगले गर्ने गरेको लगायतका आरोप लगाएकिछिन् । वडामा बिनियोजन हुने योजना र वजेटबारे छलफल नै नहुने, घरमै माइन्युट पठाएर हस्ताक्षर गराउने, संघीयताको मर्म र भावना विपरित काम भएको, विभिन्न पदहरुमा अपारदर्शी ढंगले आफन्तहरु भर्ना गर्ने गरेको, वडा सरकारका विभिन्न गतिविधिले आफूलाई लज्जाबोध र आत्मग्लानी भएको भन्दै राजिनामा गर्नु परेको राजिनामा पत्रमा जनाईएको छ ।

त्रिवेणी गाउँपालिकाका वडा नम्वर ९ का वडा अध्यक्ष वीरबहादुर डाँगी र सदस्य भिमा सदस्य दुबैजना तत्कालिन नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

टिप्पणीहरू