कोरोनाको कारण पूर्व सेनापति राणाको निधन
पूर्व प्रधानसेनापति महारथी अर्जुननर्सिङ्ग राणाको ९१ बर्षको उमेरमा आज बेलुका सैन्य अस्पताल छाउनीमा निधन भएको छ।
सैनिक जनसम्पर्क निर्देशनालय प्रमुख सहायक रथी सन्तोषबल्लभ पौडेलका अनुसार उहाँलाई निमोनिया र त्यसमाथि कोरोना आक्रमण थपिएको थियो ।
सेनापति राणाले ०४० साल जेठ २ गतेदेखि ०४४ साल जेठ २ सम्म नेपाली सेनालाई नेतृत्व प्रदान गर्नुभएको थियो ।
त्यतिबेला सेनाप्रमुखको कार्यकाल चार बर्षको थियो । ०४६ पछि त्यसलाई तीन बर्षमा झारिएको हो ।
दुई बर्षअगाडि पत्नीबियोग सहनुभएका उहाँको एक मात्र छोरा अरुणको एक बर्ष मुम्बईमा उपचार गराएपश्चात् क्यान्सर रोगका कारण नर्भिक अस्पतालमा भर्खर तीन साताअघि निधन भएको थियो । छोराको उपचारका निम्ति उहाँ आफै लामो समयसम्म मुम्बई बस्नुभयो ।
दिवङ्गत राणाको भोलि पशुपति आर्यघाटस्थित बिद्य्युतीय शवदाहगृहमा सैनिक सम्मानका साथ अन्त्येष्टि गर्ने तयारी छ ।
टिप्पणीहरू