मेयर्स कपमा लुम्बिनीको लगातार दोस्रो हार
त्रिवि क्रिकेट मैदानमा गत शनिबारबाट जारी पहिलो संस्करणको महिला मेयर्स कपमा लुम्बिनी प्रदेशले दोस्रो हार ब्यहोरेको छ । सोमबार त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा सम्पन्न खेलमा लुम्बिनीले प्रदेश नं. १ को टोलीसँग १० विकेटको लज्जास्पद पराजय सहनुपर्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले पूरा २० ओभर खेल्दै २ विकेटको क्षतिमा १ सय ४ रनको योगफल तयार पार्यो । लुम्बिनीका लागि सरस्वती जीएम र कप्तान न्यारी थापाले अविजित ५० र २० रन जोडे । त्यस्तै, नितु भण्डारीले १८ रन बनाउँदै रन आउट हुन पुगिन् भने वर्षा राना शून्य रनमै पेभिलियन फर्किइन् ।
लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा प्रदेश नं. १ का तर्फबाट सवनम राईको १ विकेट महत्वपूर्ण साबित भयो । १ सय ५ रनको विजयी लक्ष्य पाएको प्रदेश नं. १ ले जवाफी ब्याटिङ्ग गर्दै लुम्बिनीले लक्ष्य १३ ओभर २ बलमै पूरा गर्यो ।
प्रदेश नं. १ को जितका लागि कप्तान रुबिना क्षेत्रीले ६८ तथा काजल श्रेष्ठले २५ रन जोडे । बलिङतर्फ कमजोर देखिएको लुम्बिनीले प्रदेश १ विरुद्ध कुनै पनि विकेट लिन सकेन ।
टिप्पणीहरू