विद्यार्थी र प्रहरीबीच ढुङ्गा हानाहान

विद्यार्थी र प्रहरीबीच ढुङ्गा हानाहान

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिविरुद्ध त्रिचन्द्र कलेजमा प्रदर्शन भएको छ । सरकारले पटक–पटक पेट्रोलियम पदार्थमा मूल्य बढाएको भन्दै नेविसंघ र अनेरास्ववियुले सोमबार संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।

नेविसंघ त्रिचन्द्र क्याम्पसका अध्यक्ष शान्तत शिवाकोटीको नेतृत्वमा भएको विरोध प्रर्दशनमा सयौंको संख्यामा विद्यार्थीहरू सहभागी भएका थिए ।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले ‘मूल्यवृद्धि तत्काल खारेज गर,’ ‘केपी ओली मुर्दावाद,’ ‘प्रतिगमन मुर्दावाद,’ ‘नेविसंघ जिन्दावाद,’ ‘अनेरास्ववियु जिन्दावाद,’ ‘प्रहरी दमन मुर्दावाद,’ नारा लगाएका थिए ।

प्रदर्शनका क्रममा केहिबेर प्रहरी र विद्यार्थीबीच ढुंगामुढासमेत भएको थियो । ढुंगामुढाको कारण त्रिचन्द्र क्षेत्रमा केहीबेर यातायात अवरुद्ध भएको थियो भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय आयल निगमले पेट्रोलियम पदार्थमा लगातार मूल्यवृद्धि गरिरहेको छ । निगमले गए रातीदेखि लागू हुनेगरी पुनः मूल्य बढाएको छ ।

टिप्पणीहरू