बढ्यो कोरोना संक्रमणदर
पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयद्वारा आयोजित प्रेस ब्रिफिङ्गमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आज परिक्षण गरिएको ४ हजार १ सय पिसिआरबाट २ सय ९८ जना र १ हजार ४० एन्टीजेनबाट ४१ जना गरी कुल ३ सय ३९ जनामा संक्रमण पुष्टी भएको बताएका हुन् ।
आज काठमाण्डौं उपत्यकामा मात्र १ सय ६३ जनामा संक्रमण पुष्टी भएको छ । जसमध्ये काठमाण्डौंमा १ सय ३२, भक्तपुरमा ५ र ललितपुरमा २६ जना संक्रमित फेला परेका हुन ।
हाल मुलुकभर संस्थागत आइसोलेसनमा ४ सय ६० र होम आइसोलेसनमा १ हजार ४ सय ४१ गरी २ हजार २ सय १ जना सक्रिय संक्रमित रहेको बताइएको छ ।
टिप्पणीहरू