प्रियंकाको पुतलीले बेलायतदेखि अमेरिकासम्म तहल्का

प्रियंकाको पुतलीले बेलायतदेखि अमेरिकासम्म तहल्का

भारतीय अभिनेत्री प्रियंका चोपडाको नयाँ डिजाइनको फेशनले पश्चिमा मनोरञ्जन दुनियाँमा तहल्का मच्चाएको छ । हालै लण्डनमा आयोजित ब्रिटिश एकेडेमी अफ फिल्म अवार्ड्स (बाफ्टाज्) समारोहमा चोपडाले पहिरिएको पहिरनले फेसन दुनियाँमा नयाँ तरङ्ग ल्याएको हो ।

समारोहमा कार्यक्रम प्रस्तोता रहेकी प्रियंका स्वयमको ह्वाइट टाइगर (सेतो बाघ) फिल्म सात वटा विधामा पुरस्कारको लागि सिफारिशमा परेको थियो ।

सामाजिक दूरी कायम राखेर रेड कार्पेटमा उपस्थित भएकी प्रियंकाले ब्ल्याक हिल्स,सेतो प्याण्ट,र तल्लो भाग धेरै खोलिएको गुलाबी ज्याकेटबाट देखिने गरी नीलो नेकलेस पहिरिएकी थिइन् ।

समारोहमा फिल्मको भन्दा धेरै चोपडाको फेशनको चर्चा भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले लेखेका छन् । एउटा समाचार एजेन्सीले भनेको छ ‘उनको पुतली अंकित ड्रेसको भित्रबाट बेलाबखत देखिने नीलो नेकलेसले सबैको ध्यान खिचेको थियो । स्वयम् पुरस्कृत हुने कलाकारसमेत त्यतैतिर बढी हेर्थे ।’

प्रियंकासँगै कार्यक्रमस्थलमा उनका श्रीमान् अमेरिकी कलाकार निक जोनास् समेत कालो पहिरनमा प्रवेश गरेका थिए ।

टिप्पणीहरू