वडा वडामा आकस्मिक पिसिआर परिक्षण
आज काठमाण्डौँ जिल्लाका भिन्दाभिन्दै वडाहरुमा पिसिआर परीक्षण गरिदैँछ ।
श्रोतका अनुसार महानगरपालिका–३१ मीनभवन स्थित यातायात ब्यवस्था विभागको कार्यालय परिसरमा कन्ट्र्याक्ट ट्रेसिङमा आएका नागरिकहरुको पिसिआर परिक्षण गर्न लागिएको हो ।
उक्त स्थानमा महानगरपालिकाअन्तर्गत १०,११,३१ र ३२ नम्बर वडाका नागरिकको पिसिआर परिक्षण गर्न थालिएको छ ।
दिउँसो करिब पौने दुई बजेबाट शुरु भएको परीक्षणमा ३० जना भन्दा बढी लाइनमा रहेको महानगर श्रोतले जनाएको छ ।
टिप्पणीहरू