पहिले जसको रद्ध, अहिले उसैको जिम्मा

पहिले जसको रद्ध, अहिले उसैको जिम्मा

नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले कल बाइपास वा अन्तर्राष्ट्रिय कल छली गर्नेहरूको जालो पत्ता लगाउने मेशिन दुई वर्ष पहिल्यै ल्याउन लागेर त्यसका लागि आह्वान गरिएको अन्तर्राष्ट्रिय टेण्डरमा पर्याप्त प्रतिस्पर्धा नभएको भन्दै प्रक्रिया नै रध्द गरिएकोमा अन्ततः अहिले अदालतले सोही प्रक्रियामा सहभागी भएर टेण्डर रद्ध भएको कम्पनीलाई सवा दुई अर्ब रुपैयाँको मेशिन किन्ने कामको निम्ति आदेश दिएको छ ।

त्यतिबेला प्राधिकरणले गरेको निर्णयउपर चित्त नबुझाएको भेनराइज भन्ने कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालय जानुपर्नेमा अदालत गएको थियो । अहिले दुई वर्ष पुरानो उक्त विषयमा अदालत प्रवेश गरेको छ र भेनराइजले नै कामको जिम्मेवारी पाउने भएको छ ।

स्रोतका अनुसार उसको जिकिर आफ्नो टेण्डर लोवेष्ट वान अर्थात् सबैभन्दा कम मूल्यको हुँदाहुँदै पनि रद्ध गरिनु कानुन विपरित रहेको भन्ने थियो ।

त्यहि विषयलाई लिएर अख्तियारमा परेको उजुुरीमा समेत छलफल भएको स्रोतको दाबी छ । आयोगले पहिलेको टेण्डर क्यान्सिल्ड गर्न लगाएर अर्को प्रतिस्पधार्को निम्ति निर्देशन दिएको थियो ।

प्राधिकरणका अनुसार कानुनी आधारमा उक्त टेण्डर रध्द गरेर नयाँ टेण्डर गर्नुपर्ने बाध्यकारी व्यवस्था थिएन । तर, अख्तियारले भनेपछि प्राधिकरणले गरेको थियो । कानुनतः टेण्डर बदर गर्ने अधिकार सम्बन्धित कार्यालयलाई मात्र हुन्छ ।

प्राधिकरणले किन्न खोजेको मेशिनको लागि टेण्डरमा सहभागी कम्पनी लेबनानको भेनराइज हो । नेपालमा हालसम्म त्यसको स्थानीय साझेदार कोही पनि खुलेको छैन ।

सर्वोच्च अदालतको आदेशपछि अब सोही कम्पनीले उक्त मेशिन ल्याउन पाउने भएको हो ।

टिप्पणीहरू