बुटवलमा एकाबिहानै तीन संक्रमितको मृत्यु
रुपन्देहीका दुई र नवलपरासी पश्चिमका एक गरी शनिबार तीन जना कोरोना संक्रमितको ज्यान गएको छ। नवलपरासीको रामग्राम नगरपालिका–१० की ४५ वर्षीया महिला र शुद्धोधन गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा शनिबार बिहान मृत्यु भएको बताइएको छ ।
वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पतालमा भर्ना भएकी महिलाको शनिवार बिहान ४ बजे र वैशाख १३ गते कोरोना पोजेटिभ पुष्टि भएपछि १६ गते अस्पताल भर्ना भएका पुरुषको बिहान ५ः४५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।
त्यस्तै,रुपन्देहीको सैनामैनामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा सैनामैना–१ का एक पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।
सैनामैनामा ज्यान गुमाउने एकको भने विवरण आउन बाँकी छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीले मृतकको शव पोष्टमाटम भैरहेको जानकारी दिए ।
टिप्पणीहरू