प्रधानमन्त्रीद्वारा आईसीटी भवनको भर्चुअल उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरियाले बनाइदिएको सूचना प्रविधि केन्द्र (आईसीटी) भवनको उद्घाटन गर्नुभएको छ ।
भक्तपुरको सानोठिमीस्थित प्राविधिक प्रशिक्षण प्रतिष्ठान (टीआईटीआई) को २९औं वार्षिकोत्सवको अवसरमा कोरिया सरकारको सहयोगमा निर्मित आईसीटी भवनको प्रधानमन्त्रीले आज भर्चुअल उद्घाटन गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीको भर्चुअलमा प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क योङ सुकको भने उपस्थिति रहेको थियो ।
त्यसैगरी प्राविधिक प्रशिक्षण प्रतिष्ठान बोर्डका अध्यक्ष शंकरप्रसाद पाण्डे र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको पनि उपस्थिति थियो ।
टिप्पणीहरू