अविश्वास प्रस्ताव फेल भएमा खेल नै सकिन्छ : शेरबहादुर देउवा

अविश्वास प्रस्ताव फेल भएमा खेल नै सकिन्छ : शेरबहादुर देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदबाट एमसीसी पास गर्नैपर्ने बताउनुभएको छ ।

आज आफ्नो निवास बुढानीलकण्ठमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले एमसीसी सम्झौता पारित नभए आफूलाई अप्ठ्यारो पर्छ भनेर कहिँ कतै उल्लेख नगरेको जिकिर गर्नुभएको छ ।

उहाँको भनाई थियो ‘मैले त्यस्तो भनेकै छैन ।’ देउवाले यसबारे अनावश्यक भ्रम फैलाएको र झुठो प्रचार गरिएको समेत बताउनुभएको छ ।

प्रधानमन्त्री केपी ओलीविरुद्ध ल्याउन खोजिएको अविश्वास प्रस्तावको सम्बन्धमा उहाँले भन्नुभयो ‘अविश्वासको प्रस्ताव के का लागि दर्ता गर्ने ? फेल भएमा दुई वर्ष दर्ता गर्न पाईंदैन ।’

जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव पास गर्न सहयोग गर्ने अवस्था नआएसम्म प्रस्तावको औचित्य नरहेको बताउँदै उहाँले भन्नुभयो ‘फेल भएमा खेल नै सकिन्छ ।’

जसपासँगको कुराकानीबारे देउवाको भनाई थियो, ‘सबै कुरा भन्दिनँ, कुरा भइरहेको छ ।’

टिप्पणीहरू